‘ट्रक साहित्य’ले जन्माएको एउटा गीत–‘नौलो घुम्ती’



१६ फागुन २०७६, काठमाडौं

सांगीतिक समूह (ब्याण्ड) मेलोडी मङ्कको ‘नौलो घुम्ती’ सार्वजनिक भएको छ।

गीत/भिडियो मेलोडी मङ्कले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको हो।

भिडियोमा ब्याण्ड मेम्बरहरु दिपेश सुब्बा, सञ्जय तामाङ, सुर्य तामाङ र बबिता तामाङलाई देख्न सकिन्छ।

‘नौलो घुम्ती’ को अवधारणा !

गीतको शब्द जन्माउनमा ब्याण्ड मेम्बर सूर्य तामाङले यात्राको क्रममा देखेका ‘ट्रक साहित्य’ले सघाएको हो।

त्यसपश्चात् धेरै शब्दहरु पछाडि ब्याण्डबाटै थपिए पनि त्यसको अवधारण भने ट्रक साहित्य नै भएको अर्का ब्याण्ड मेम्बर सञ्जय तामाङ बताउँछन्।

प्रतिक्रिया दिनुहोस्