तापसीले भनिन्, ‘चलचित्र ‘पिंक’ बाट अवार्ड नपाउँदा दुख लागेको थियो’



१५ फागुन २०७६, काठमाडौँ

तापसी पन्नु पछिल्लो समयमा बलिउडमा आफ्नो राम्रो स्थान बनाउँदै छिन् । तामिल फिल्ममा त उनले धेरै नै काम गरिन् । त्यसका साथै बलिउड पनि थुप्रै चलचित्रमा उनले काम गरिसकेकी छिन् ।

तापसी जहिले पनि फरक खालको अभिनय गर्न रुचाउँछिन् र उनले गर्दै आएकी पनि छिन् । त्यसलाई उनलाई सशक्त अभिनय गर्न सक्ने नायिकाको सूचीमा राखिएको छ । यतिबेला भने तापसी चलचित्र थप्पड को प्रमोशनमा व्यस्त छिन् । चलचित्र थप्पड आफ्नो लागि निकै विशेष भएको तापसीले बताएकी छिन् ।

चलचित्र थप्पड रिलिज नहुदैँ धेरैले थप्पड बाट तापसीले पक्का अवार्ड पाउने अनुमान लगाइसकेका छन् । तर तापसी भने यो कुरा मान्दिनन् । किनकी अवार्ड समारोहमा जे पनि हुन सक्छ । यो कुराको तापसीलाई राम्रो अनुभव छ ।

उनले भनिन्, चलचित्र पिकं को समयमा मलाई लागेको थियो कि मैले अवार्ड पाउँछु तर मैले त्यसबेला अवार्ड पाइन । मलाई त्यसबेला निकै नै दुख लागेको थियो ।

सबै कलाकारलाई राम्रो काम गरेको समयमा अवार्ड पाउने कुरामा आशा हुनु भनेको स्वभाविक नै हो । तर अहिले भने तापसी अवार्ड भन्दापनि दर्शकले आफ्नो अभिनय रुचाए पुग्छ भन्ने कुरामा विश्वास गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्