ज्योति मगरले महेन्द्रनगरमा प्रस्तुती दिदाँ भयो युवाहरुबिच झडप, ५ जना भए पक्राउ



१४ फागुन २०७६, काठमाडौँ

ज्योति मगर बेला बेलामा विवादमा आइरहने गायिका हुन् । उनी जुन ठाउँमा प्रस्तुती दिन जान्छिन् त्यहाँ सधैँ नै धमाका भएकै हुन्छ । केहीदिन अघिमात्र उनी महेन्द्रनगरमा प्रस्तुती दिन गएकी थिइन् ।

ज्योतिले स्टेजमा प्रस्तुती दिन थालेपछि त्यहाँका केही युवाहरु उत्तेजित भएर स्टेजमा नै चढ्न खोजेपछि त्यहाँ झडप भयो । कार्यक्रमलाई लथालिगं बनाएको भन्दै प्रहरीले ५ जनालाई प्रक्राउ गरेको छ ।

ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उच्छृंखल गतिविधि भएको हो। उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको छ। त्यसक्रममा केही युवा घाइते भएका छन्।

झडपमा तीन प्रहरीसमेत घाइते भएका प्रहरीले जनाएको छ।

महोत्सवमा उच्छृंखल गतिविधि गर्ने ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्