यी युवती पोर्न दुनियाँ त्यागेर जागिर माग्न जादाँ…



१४ फागुन २०७६, काठमाडौँ

मिया खालिफा चर्चित एक्स पोर्न स्टार हुन् । उनले पोर्न क्षेत्रमा मात्र ३ महिना काम गरिन् । सन् २०१४ मा पोर्न भिडियो खेल्न सुरु गरेकी मियाले २०१५ को सुरुवातमै पोर्न क्षेत्र त्यागिन् ।

अहिले उनी समाजसेवामा बढी सक्रिय छिन् । तर धेरैले उनलाई एक्स पोर्नस्टार नै भनेर चिन्ने गरेका छन् । मिया आफ्नो नामबाट पोर्नस्टार भन्ने निकनेम हटाउन चाहन्छिन् । तर हटाउन भने सकेकी छैनन् ।

यस्तै मियाले केहीसमय अघि एक अन्तवार्तामा आफ्नो विगतबारे केही बताएकी छिन् । पोर्न क्षेत्र छोडेपछि मियालाई जागिर खान निकै मुश्किल परेको थियो । किनकी उनी पोर्नस्टारको रुपमा खुबै चर्चित भैसकेकी थिइन् । जसको कारण केहीले उनलाई जागिर दिन सिधैँ अस्वीकार गर्थे त केहीले सेक्सको अफर पनि गर्थे ।

मिया लेबनानी मूलकी हुन् । छोटो पोर्न करियर उनको विवादित पनि बन्यो ।

हिजाब लगाएर शुट गरिएको भिडियोको मुस्लिम सम्प्रदायमा विवादको विषय बन्यो । त्यसैका कारण आईएसले उनको ज्यान लिने धम्की दियो ।

प्रतिक्रिया दिनुहोस्