आज बलिउड अभिनेता शाहिद कपुरको जन्मदिन, शुभकामना दिनेको ओइरो



१३ फागुन २०७६, काठमाडौँ

शाहिद कपुर बलिउडका चर्चित अभिनेता हुन् । पछिल्लो समयमा उनी अभिनीत कबिर सिंह चलचित्र रिलिज भएको थियो ।

कबिर सिंह मा शाहिदले गरेको क्यारेक्टर दर्शकले निकै रुचाएका थिए । जसका कारण उनलाई दर्शकले पछिल्लो समयमा कबिर सिंह को निकनेम दिएका छन् । आज उनै अभिनेता शाहिद कपुरको जन्मदिन रहेको छ ।

शाहिदको आज जन्मदिन भएकाले सामाजिक सञ्जालमा फ्यानले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । यतिबेला शाहिद चलचित्र जर्सी मा व्यस्त छन् । हाम्रो तर्फबाट पनि शाहिदलाई जन्मदिनको धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्