यी हुन् फिल्मको सुटिङको क्रममा गर्भवती भएका बलिउड अभिनेत्रीहरु…



१३ फागुन २०७६, काठमाडौँ

हामीले जुन काम गर्छौ त्यसमा पुरा ध्यान दिएर गर्नु आवश्यक हुन्छ । हरेक मानिसमा कामप्रति डेडिकेसन हुनु आवश्यक हुन्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जो आफ्नो कामप्रति धेरै नै लिप्त छन् ।

केही बलिउड नायिकाहरुले आफू गर्भवती हुदाँ पनि चलचित्रमा काम गरेका छन् । गर्भवती भएको समयमा महिलाले आफ्नो निकै केयर गर्नुपर्ने हुन्छ । आज हामी यहाँ केही त्यस्ता अभिनेत्रीको बारेमा चर्चा गर्नेछौँ ।

श्रीदेवी :

श्रीदेवी चलचित्र जुदाई को छायांकनको समयमा गर्भवती भएकी थिइन् । उनले उक्त चलचित्रमा काम गर्दा बोनी कपुरसँग विवाह गरिसकेकी थिइन् । चलचित्र सकिएपछि उनले जान्वीलाई जन्म दिएकी थिइन् ।

काजोल :

बलिउडकी सदाबहार अभिनेत्री हुन् काजोल । उनी आफ्नो कामप्रति पनि निकै गम्भीर छिन् । उनले गर्भवती भएकै समयमा फिल्मको शुटिङ गरेकी थिइन् । उनी सन् २०१० मा ‘वी आर फेमिली’ को शुटिङमा गर्भवती थिइन् । फिल्म सकिएपछि उनले छोरा युगलाई जन्म दिएकी थिइन् ।

जुही चावला :

सशक्त अभिनय गर्न सक्ने अभिनेत्री जुही चावला सधैँ नै चर्चामा आइरहेकी हुन्छिन् । उनी पनि निकै मेहेनती नायिकाको सूचीमा पर्छिन् । उनले ‘झंकार बीट्स’ मा गर्भवती हुँदाहुँदै काम गरेकी थिइन् । उनी अहिले दुई बच्चाकी आमा बनेकी छिन् ।

करीना कपुर :

बलिउडकी चर्चित नायिका करीना कपुर फिल्म ‘वीरे दी वेडिङ’ को क्रममा गर्भवती भएकी थिइन् । फिल्मको केही महिनापछि नै उनले तैमुरलाई जन्म दिइन् ।

जया बच्चन :

अमिताभ बच्चनकी श्रीमती जया बच्चन चलचित्र सोले को छायांकनको क्रममा गर्भवती भएकी थिइन् । उनी त्यसबेला नै अमिताभसँग विवाह गरेकी हुन् । जयाले छोरी स्वेतालाई जन्म दिएकी हुन् ।

हेमा मालिनी :

हेमा मालिनी ‘रजिया सुल्तान’ को शुटिङको क्रममा गर्भवती भएकी थिइन् । उनले फिल्मपछि ईशा देओललाई जन्म दिइन् ।

प्रतिक्रिया दिनुहोस्