‘छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्शा काटेको देख्दा अचम्म लाग्यो’ : रेखा थापा



१३ फागुन २०७६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला विवादमा तानिएका छन् । उनले केहीदिन अघिमात्र आफ्नो ६९ औँ जन्मदिन मनाए । प्रधानमन्त्री ओलीले तेह्रथुम गएर आफ्नो जन्मदिन मनाएका हुन् ।

उनले जन्मदिनमा नेपालको नक्शाको आकारको केक काटेका थिए । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएसँगै यतिबेला प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ । धेरै जनताले उनले देशलाई माया नै नगर्ने समेत बताइरहेका छन् ।

यसैबिच नायिका रेखा थापाले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री केपी ओलीले आफ्नै देशको नक्शाको आकारको केक काट्दा दुख लागेको बताएकी छिन् । रेखाको स्टाटसले अहिले निकै चर्चा पाइरहेको छ ।

रेखाको स्टाटस जस्ताको तस्तै

“नियतवस नहोला तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रिको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक काटाइको सन्देश बुझिएन ।”

प्रतिक्रिया दिनुहोस्