‘इन्डियन आइडल’ ११ को विजेता बने शनि हिन्दुस्तानी



१२ फागुन २०७६, काठमाडौँ

भारतको सर्वाधिक चर्चित रियालिटी शो इन्डियन आइडल सिजन ११ को फिनाले भएको छ । इन्डियन आइडल सिजन ११ को उपाधी शनि हिन्दुस्तानी ले उचालेका छन् ।

शनिलाई अडिसन देखि नै दर्शकले औधी रुचाएका थिए ।

फिनालेमा उत्कृष्ट ५ प्रतिस्पर्धी पुग्न सफल भएका थिए । तीमध्ये शनिले सबैभन्दा धेरै भोट प्राप्त गरेर इन्डियन आइडल सिजन ११ को विजेता बन्न सफल भएका हुन् ।

उनले विजेता भएसँगै २५ लाख नगद पुरस्कार, एउटा कार र चलचित्रमा गीत गाउने अवसर पाएका छन् । फिनालेमा दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी, चौथो उपाधि रिदमले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्