ब्रेकअप भएको १३ बर्षपछि करीनालाई आयो शाहिदको याद…



११ फागुन २०७६, काठमाडौँ

शाहिद कपुर र करीना कपुर कुनै समयका बलिउडका सर्वाधिक लोकप्रिय जोडी हुन् । शाहिद र करीना खुलेर प्रेम गर्थे । त्यसैले पनि उनीहरुको प्रेमबारे अनविज्ञ कोहीपनि थिएनन् होला । तर समय सधैँ उस्तै कहाँ रहन्छ र ?

विस्तारै कुरा मिल्न छोडेपछि करीना र शाहिदले आफ्नो बाटो लाग्ने निर्णण् लिए र ब्रेकअप गरे । दुवैबिच माया निकै थियो, त्यसैले लामोसमयसम्म दुवैले एकअर्कालाई बिर्सन सकेनन् ।

तर २००७ मा शाहिदसँग ब्रेकअप भएपछि करीनाले २०१२ मा सैफअली खानसँग विवाह गरिन् । त्यस्तै शाहिदले पनि २०१५ मा मिरा राजपुतसँग विवाह गरे । अहिले दुवै आफ्नो वैवाहिक जीवनमा खुसी छन् ।

तर ब्रेकअप भएको १३ बर्षपछि फेरि एकपटक करीनाले आफ्नो विगतलाई सम्झिएकी छिन् । उनले एक अन्तवार्तामा शाहिदसँग ब्रेकअप भएको समयमा आफूलाई करियर र निजि जीवन सम्हाल्न निकै गाह्रो भएको बताएकी छिन् । तरपनि उनले सधै मेहेनत गरिरहिन् जसको फलस्वरुप उनले सफलता पनि पाइन् ।

प्रतिक्रिया दिनुहोस्