प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी शुरु



१० फागुन २०७६, काठमाडौं

गृहमन्त्रालयद्वारा आजदेखि यहाँ वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी शुरु भएको छ । सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता वितरण, पासपोर्ट वितरण, अपराध नियन्त्रणका लागि विभिन्न उपाय, चीन र नेपालको सिमानासम्बन्धी समस्या समाधानका लागि समीक्षा गर्ने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।

उक्त गोष्ठीमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका उच्चस्तरीय सुरक्षा अधिकृतको सहभागिता रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रदेशका १३ वटै जिल्लाका प्रजिअ, जनपथ र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका गणपतिको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय जनाएको छ । गृहमन्त्री रामबहादुर थापा आइतबार सुरक्षाका प्रमुखलाई निर्देशन दिनुहुने भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मट्टेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्