तीन युवकमाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ



०४ फागुन २०७६, काठमाडौं

धरानमा तीन युवकमाथि धारिलो हतियार प्रहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

आइतबार (आज) बिहान ईलाका प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय शुभराज राई सहित तीन जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको धरान उपमहानगरपालिका–१९ बस्ने ताप्लेजुङ सिम्ले घर भएका २५ वर्षीय मिलन राईलाई पक्राउ गरेको हो ।

शुभराज राईसमेत तीन जनालाई मिलन राईले खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

खुकुरी प्रहारबाट घाइते भएकाहरुलाई उपचारको लागि घोपा अस्पताल धरान लगिएको छ । घट्ना के कसरी भएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्