नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा ४ को मृत्यु ११ घाइते



२९ माघ २०७६, काठमाडौं

नवलपरासी बुलिङ्टार गाउँपालिकामा मेला हेरेर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

सडकबाट २ सय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिएका छन्।

मृत्यु हुनेमा २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यमानसिंह सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी मोहनबहादुर खाँडले बताएका छन् ।

मृत्यु हुने सबै बुलिङ्टार–३ बतासा गाउँका हुन्, घटनामा बलबहादुर झेडीको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्