गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी हुदैँ



१४ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउत विमानस्थलमा प्रहरीसँग भएको झडपका कारण ठुलै समस्यामा परिन् । ड्युटीमा बसेकी महिला प्रहरीले आस्थाले आफूमाथि दुव्र्यवहार गरेको भन्दै उनी विरुद्ध उजुरी दिएपछि आस्था सोमबार बिहान आफ्ना अभिभावक सहित टेकु प्रहरी कार्यालय पुगेकी थिइन् ।

आस्थाविरुद्ध उजुरी दिएकी प्रहरी रमिता श्रेष्ठलाई उजुरी फिर्ता गर्न लगाएर यो केसलाई यहि टुङ्ग्याउने योजना भएको जानकारी प्राप्त थियो । तर गायिका आस्था राउत धरौटीमा छुट्ने भएकी छिन् ।

प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित आज राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेर आवश्यक धरौटी लिएर छाड्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्