गायिका आस्था राउत प्रक्राउ !



१३ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउत केहीसमय अघि विमानस्थलमा चेकजाँच गर्न बसेकी महिला प्रहरीसँग झगडा गरेका कारण विवादमा आएकी थिइन् । उनले फेसबुक लाइभ आएर प्रहरीलाई गाली गरेपछि आस्थाको चेकजाँच गरेकी प्रहरीले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।

जसका कारण उनलाई प्रक्राउ गर्ने अनुमति प्रहरीलाई दिइएको थियो । सिक्किममा कार्यक्रमको लागि पुगेकी आस्था आइतबाट मात्र नेपाल आएकी हुन् । यस्तै आज बिहान उनी आफ्नो परिवारसहित प्रहरी परिसर टेकु पुगेकी छिन् ।

उनलाई प्रहरीले अभिभावकका साथ आएमा पक्राउ नगरिने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्