१२ माघ २०७६, काठमाडौं
रणवीर सिंह आफ्नो अचम्मको फेशन सेन्सका लागि परिचित छन् । हालै रणवीरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर पोष्ट गरेका छन् जसमा उनले पोल्का डट ब्ल्याक शर्ट, मल्टीकलर्ड ट्राउजर, गगल्स र शर्टसँग म्याचिङ पोल्का डट क्याप लगाएको देखिएका छन् ।
उनको यो तस्बिर सार्वजनिक हुने बित्तिकै सोसल मिडिया प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे । केही प्रयोगकर्ताले रणवीरलाई दीपिकाको कपडालगाएको हो भनेर प्रश्न सोधे भने कतिले उनको फेसन सेन्स पटक्कै मन नपरेको भनी कमेन्ट गरे ।
सेलिब्रिटीले गरे तारिफ :
रणबीरको लुक उनका प्रशंसकलाई त मन परेन तर उनका सेलिब्रिटी साथीहरुले भने उनको हिम्मतको मज्जाले तारिफ गरे । सोनू सूदले लेखे, ‘जीवनमा स्ट्राइप्स र डट्स नै महत्वपूर्ण हुन्छन्, भिन्न देखिन हिम्मत चाहिन्छ । ’
सेलिब्रिटी स्टाइलिस्ट नीरु रंधावाले लेखे, ‘मैले इमान्दारीतापूर्वक भन्ने हो भने यो आउटफिट निकै फेमिनिन छ तर तपाईं र तपाईंको कन्फिडेन्सको के कुरा गर्नु ’
राकेश ओम प्रकाश मेहराले लेखे, ‘वास्तविक रकस्टार !’