माघको चिसोमा बाँदरको विहानी : अँगेनाको छेउमा बसेर तातो चिया सुरुप्प !



११ माघ २०७६, काठमाडौं

बाँरलाई मानिसको पुर्खा भनेर चिनिने गरिन्छ । अहिले पनि हाम्रो समाजमा हामीले चकचक गर्यौँ भने हामीलाई बाँदरकै उपनाम पनि दिइने गरिन्छ ।

बाँदर मानिसको जस्तै मेरुदण्ड भएको एक स्तनधारी प्राणी हो । यसको पनि जीवनचक्र मानिसकै जसरी चल्ने गरेको छ ।

अमेरिकाको ड्यूक विश्वविदालयका सोधकर्ताहरुले बाँदरबारे अनुसन्धान गर्दै एउटा नि’ष्कर्ष निकालेका थिए । बाँदरमा पनि मानवीय स्वभाव र गुण हुन्छ । सोधकर्ताहरुको अर्को पनि नि’ष्कर्ष थियो । बाँदरले मानिसबाट सिकेर आफ्ना स्वभावहरुमा पनि परिवर्तन गर्ने गर्छ ।

यस्तै अहिले सामाजिक सञ्जालमा एक तस्बिर निकै भाइरल भैरहेको छ । तस्बिरमा बाँदरले मानिसको जस्तै स्वभाव देखाएको छ । तस्बिरमा बाँदर अगेनाको छेउमा बसेर चिया पिइरहेको देख्न सकिन्छ ।

माघको चिसोमा सबै मानिसहरु अगेना नजिक बस्छन् , तातो तथा गरम खानेकुरा सेवन गर्छन् । सादय बाँदरले पनि मानिसबाटै यस्तो स्वभाव सिकेको हुनुपर्छ– बढ्दो चिसोका बिच अगेनाको छेउमा बसेर चिया पिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्