केटी बनेर ‘टिकटक’ मा भाइरल भएका निकेश केटाको रुपमा फर्किए, ‘मिडियाका कारण बदनाम भयौँ’ भन्दै आमाले पोखिन् गुनासो (भिडियो)



१० माघ २०७६, काठमाडौँ

निकेश श्रेष्ठलाई अहिले नचिन्ने सायद कोही छैनन् होला । पछिल्लो समयमा उनी  टिकटक बाट निकै नै चर्चामा आए । निकेश वास्तवमा केटा हुन् । तर टिकटक मा केटीको लुगा लगाएर नाच्ने गर्दा उनलाई तेस्रोलिङ्गीको ट्याग दिइयो ।

पछिल्लो समयमा त उनले आफ्नो पुरा स्वरुप नै परिवर्तन गरिदिए । निकेशको उमेर धेरै भएको छैन । उनलाई जसले जे सिकायो उनले त्यहि गरे । निकेशले पुरै केटीको लुगा लगाएर, मेकअप गरेर अझ आफ्नो नाम पनि निकिशा बनाएको देख्दा उनको परिवारको मन निकै दुखेको छ ।

निकेशकी आमाले पहिले नै निकेश आफ्नो छोरा भएको बताउँदै आएकी  थिइन् । उनले मिडियाप्रति निकै गुनासो पोखेकी छिन् ।

उनले छोरा सानो भएकाले उसले जे सिकायो त्यहि गरेको तर मिडियाले यो कुरालाई बढाएको बताएकी छिन् । निकेशकी आमाले निकेशले नबुझेर भाइरल हुनको लागि मात्र केटी बनेको बताइन् ।

यी सबैका कारण निकेश र उनको परिवारको निकै नै बदनाम भयो । टिकटक देखि युट्युबसम्म उनको मजाक उडाउने कमी छैन । तर अब निकेश पुनः केटा बनिसकेका छन् । उनको परिवारले उनलाई धेरै नै सम्झाइसकेका छन् ।

अब निकेशले परिवारले देखाएको बाटो पछ्याउने छन् । यसका साथै निकेशले अब कतैपनि अन्तवार्ता नदिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्