१ हजार महिलासँग यौन सम्पर्क राखेका मदनले एक युवतीलाई बनाए छोरी (भिडियो सहित)



०९ माघ २०७६, काठमाडौँ

मदन राई कृषिविज्ञको रुपमा परिचित छन् ।  गरिबी र अशिक्षाले ग्रस्त समाजमा जन्मी हुर्केका राई पहिलो अक्षर त्यो बेला सिके जुन बेला उनको उमेर ९ वर्षको थियो । पढाईमा अब्बल राईले कृषिमा बिएससी गरे । १७ वर्ष जागिर खाए । अमेरिकामा पिएचडी गर्दागर्दै यूएनका जागिर खान गए ।

उनै मदन यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन् । उनले एक अन्तवार्तामा यौनबारे खुलेर बोलेका छन् । मदनले अहिलेसम्म आफूले १ हजार बढी युवतीसँग यौन सम्पर्क राखिसकेको बताएका छन् । अहिले उनले मेनुका नाम गरेकी युवतीलाई आफ्नी छोरी बनाएका छन् । मेनुका र मदनबिचको सम्बन्ध निकै राम्रो पनि रहेको छ ।

उनले यौनलाई गाँस, वास कपास पछिको सहबासको रुपमा लिएको बताएका छन् । उनले त्यति मात्र भनेनन्, पुरुषले महिलाको इज्जत गर्न आवश्यक रहेको पनि बताए । उनले महिलाको शरीरसँग आनन्द लिन जान्ने पुरुषले उनको इज्जत गर्न पनि आवश्यक रहेको बताए । अन्तवार्ताको क्रममा उनले मानव जीवनको उत्पति र विकासबारे पनि केही सुनाए ।

प्रतिक्रिया दिनुहोस्