आदित्य र नेहाको विवाहबारे उदितले दिए यस्तो तर्क…



०८ माघ २०७६, काठमाडौँ

केहीसमय देखि उदित नारायण झाका छोरा आदित्य नारायण र बलिउडकी चर्चित गायिका नेहा कक्करको विवाहको कुराले सामाजिक सञ्जाल निकै तात्तिएको छ ।

केहीसमय अघि इन्डियन आइडल को मञ्चमा आदित्यका आमाबुबा र नेहाकी आमा पनि आएकी थिइन् । दुइ परिवारले नेहा र आदित्यको विवाह गरिदिने बताएका थिए ।

नेहाकी आमाले आफूलाई आदित्य निकै राम्रो लाग्ने र उनलाई ज्वाइ भन्न पाए आफू निकै खुसी हुने बताएकी थिइन् भने उदितले पनि नेहा आफूलाई असाध्यै मनपर्ने भएकाले उनको र आदित्यको विवाह भए आफू खुसी हुने बताएका थिए । नेहा र आदित्यको विवाहको मिति समेत तय गरिएको थियो ।

आदित्य र नेहाको विवाह फेब्रअरी १३ अर्थात भ्यालेनटाइन डे को दिन गर्ने हल्ला अहिले पनि चलिरहेको छ । यसबारे आदित्यका पिता अर्थात चर्चित गायक उदित नारायण झा ले केही बताएका छन् ।

उनले कुनै गायिका आफ्नी बुहारी हुन्छिन् भने त्यसको लागि म असाध्यै खुसी हुनेछु भनेका छन् । उनले नेहा आफूलाई असाध्यै मनपर्ने पनि बताए । नेहाका सबै गीतहरु आफूले सुन्ने गरेको पनि उदितले बताए । तर उनले विवाहको सच्चाइबारे भने मुखै खोलेनन् ।

प्रतिक्रिया दिनुहोस्