हट निकिता (फोटो फिचर)



०७ माघ २०७६, काठमाडौँ

पूर्व मिस नेपाल निकिता चाण्डक यतिबेला चलचित्र साङ्लो को एक गीतको छायांकनमा व्यस्त छिन् । साङ्लो निकिताको डेब्यु चलचित्र हो । उनी यस चलचित्रको लागि निकै उत्साहित पनि छिन् ।

निकिताले साङ्लो मा आफूले निकै मेहेनत गरेको पनि बताउँदै आएकी छिन् । हाल छायांकन भैरहेको साङ्लो को गीतको सेटबाट केही तस्बिरहरु बाहिरिएका छन् । जहाँ निकिता निकै हट देखिएकी छिन् ।

उक्त गीतको छायांकन सकिएको केहीदिनमै गीत रिलिज गर्ने तयारी निर्माण टिमको रहेको छ । साङ्लो माघ २४ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्