बिहेको तयारी हुँदै गर्दा दुलहाको पिताले दुलहीकी आमालाई भगाइदिएपछि..



०७ माघ २०७६, काठमाडौं सिता राम कटेल

भारतको गुजरातको सूरतमा अनौठो घट्ना घटेको छ । सूरतको काटरगामका एक युवकको नवसारीकी एक युवतीसँग बिहे हुने तरखरमा थियो ।

त्यो जोडीको बिहेकोे तयारी हुँदै थियो, बिहे हुनु केहि अगाडी दुलहाको पिताले दुलहीकी आमालाई भगाइदिन्छ ।

घटनापछि दुवै परिवारमा विवाद भई बिचमै हुनेवाला जोडीको विवाह तोडिएको छ । दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो ।

धेरै समयसम्म खोज्दा पनि नभेटेपछि परिवारले प्रहरीकोमा बेपत्ता रिपोर्ट लेखाए । दुवै जना अहिलेसम्म पत्ता लगेको छैनन् खोजीकार्य भइरहेको छ भनेर प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्