आस्थाविरुद्ध प्रहरीले मुद्दा हालेपछि रीमाले भनिन्– ‘नागरिकलाई सास्ती दिन खोज्ने प्रहरी कसरी हाम्रो साथी’ ?



०७ माघ २०७६, काठमाडौँ

यतिबेला जताततै गायिका आस्था राउतको विमानस्थलमा भएको झगडाबारे चर्चा भैरहेको छ । आस्थाले प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको बताएकी थिइन् भने प्रहरीले आस्थाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

अहिले यसैबारेमा विभिन्न कलाकारले आफ्नो तर्क दिइरहेका छन् । यस्तै पछिल्लो समयकी चर्चित नायिका, मोडल तथा होस्ट रीमा विश्वकर्माले पनि यसबारे फेसबुकमा स्टाटस लेखेकी छिन् । उनले स्टाटसमा कतैपनि आस्थाको नाम मेन्सन गरेकी छैनन् । तर उनले प्रहरीले आस्थामाथि उजुरी दिनु गलत भएको भने बताएकी छिन् ।

उनले देशमा ठूला ठूला अपराधीहरु खुलेआज हिड्दा सजाय दिन नसक्ने प्रहरीले विमानस्थलमा सामान्य भएको झगडालाई लिएर नागरिक विरुद्ध मुद्दा नै हाल्नु भने राम्रो नभएको बताएकी छिन् । साथै उनले यस्ता घटना घटिरहने हो भने प्रहरीलाई मेरो साथी कसरी मान्ने ? भनेर प्रश्न पनि गरेकी छिन् ।

रीमाको स्टाटस जस्ताको तस्तै–

प्रतिक्रिया दिनुहोस्