जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु तीन घाइते



०७ माघ २०७६, काठमाडौं

जुम्लाको पातारासी गाउँपालि–२ बाँतामा ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

सोमबार साँझ बाँतागाउँबाट मकै बोकेर जुम्ला बजारतर्फ आउँदै गरेको भे १ त ७३ ८५ नम्बरको ट्रयाक्टर दुर्घटनामा भएको हो ।

दुर्घटनामा मुत्यु हुनेमा बाँताका सात वर्षीय सुदीप बुढा रहेका छ्न् भने तीनजना घाइते भएका छन् । घाइते हुनेमा १० वर्षीय कमल बुढा, पातारासी, हीराबहादुर महतारा र पेरेगाउँका ट्रयाक्टर चालक विजय कामी हुन् ।

उनीहरुमध्ये बुढा र कार्मीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिएका छन् । घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्