आस्था राउत फरार भएको समाचार आएपछि पठाइन् यस्तो सन्देश : ‘म अहिले सिक्किममै छु, प्रहरीलाई सहयोग गर्न तयार छु’



०५ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउतले प्रहरीले आज पक्राउ गर्ने योजना बनाएको थियो । तर उनी प्रहरीको सम्पर्कमा नआएपछि फरार भएको टिकाटिप्पणी सुरु हुन थालिसकेको थियो ।

यसैबिच आस्थाले एउटा सन्देश पठाएकी छिन् । उनले आफू हाल सिक्किममा भएको तर प्रहरीलाई सहयोग गर्न तयार भएको बताएकी छिन् ।

आस्थाले आजपनि आफ्नो कार्यक्रम भएकाले सिक्किममै बस्नुपर्ने भएको जानकारी गराएकी छिन् । केहीदिन अघि विमानस्थलमा चेकजाँचको क्रममा आस्थाले प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै फेसबुक लाइभ आएर प्रहरीमाथि आक्रोश पोखेकी थिइन् ।

त्यहि घटनालाई लिएर आस्थाको चेकजाँच गरेकी महिला प्रहरी रमिता श्रेष्ठले आस्थाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्