थाइल्याण्डमा साथीहरुसँग विकिनी अवतारमा प्रियंकाको मस्ती



०५ माघ २०७६, काठमाडौँ

प्रियंका कार्की यतिबेला थाइल्याण्डमा छिन् । उनी थाइल्याण्डमा आफ्ना साथीहरुसँग ब्याचलर पार्टीमा रमाइरहेकी छिन् । प्रियंकाले साथीहरुलाई ब्याचलर पार्टी दिएकी हुन् । उनले यो ब्याचलर पार्टीबाट छिट्टै आयुष्मानसँग विवाह गर्न लागेको संकेत दिएकी छिन् ।

प्रियंकाले सामाजिक सञ्जालमा आफ्ना साथीहरुसँग मस्ती गरिरहेको तस्बिर सेयर गरिरहेकी छिन् । उनले सार्वजनिक गरेका केही तस्बिरमा उनी थाइल्याण्डको समुन्द्री तटमा विकिनीमा देखिएकी छिन् । उनीमात्र नभएर उनका सबै साथीहरु पनि विकिनीमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्