पर्दामा कस्तो देखिएला प्रदिप र साम्राज्ञीको केमेष्ट्रि ?



०५ माघ २०७६, काठमाडौँ

साम्राज्ञी राज्यलक्ष्मीका चलचित्र पछिल्लो समयमा निरन्तर फल्प भैरहेका छन् । जसका कारण अहिले उनले चलचित्र खेल्न त्यति हतार गरेकी छैनन् । उनी अहिले हेमराज बिसीको चलचित्रको पर्खाइमा छिन् । यो चलचित्र साम्राज्ञीले साइन गरिसकेकी छिन् ।

चलचित्रमा प्रदिप र साम्राज्ञी फाइनल भैसकेका छन् । यतिबेला प्रदिप चलचित्र प्रेमगीत ३ को छायांकनमा व्यस्त छन् । प्रेमगीत ३ को छायांकन सकिने बित्तिकै उनले आफ्नो समय हेमराज बिसीको चलचित्रलाई दिनेछन् ।

प्रदिप र साम्राज्ञीले डिसहोमको विज्ञापनमा एकसाथ काम गरिसकेका छन् । छोटो विज्ञापनमा देख्दा त दर्शकले साम्राज्ञी र प्रदिपको केमेष्ट्रिलाई निकै रुचाएका थिए भने ठूलो पर्दामा एकसाथ यी दुईलाई हेर्न दर्शक निकै नै उत्साहित छन् ।

प्रदिप र साम्राज्ञी पनि एकअर्कासँग काम गर्न आतुर छन् । दुवै अहिलेका चर्चित र दर्शकले रुचाएका कलाकार हुन् । जसका कारण यी दुईको केमेष्ट्रि दर्शकले पक्कै पनि मन पराउने छन् ।

प्रतिक्रिया दिनुहोस्