प्रहरीले पक्राउ गर्ने भएपछि गायिका आस्था राउत फरार !



०५ माघ २०७६, काठमाडौँ

विमानस्थलमा आस्था र प्रहरीबिच भएको झगडाले उग्र रुप लिएपछि गायिका आस्था राउतलाई थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गर्ने बताएको थियो । प्रहरीले आज आस्थालाई पक्राउ गर्ने तयारी गरेको थियो ।

कार्यक्रमको लागि सिक्किम पुगेकी आस्था आज नै नेपाल आउने र उनलाई पक्राउ गर्ने जानकारी आएको थियो । तर आस्था प्रहरीको सम्पर्कमा आएकी छैनन् । जसका कारण उनी फरार भएको आशंका गरिएको छ ।

आस्था प्रहरीको सम्पर्कमा नआएको कारण उनलाई फरार बताइएको हुनसक्छ । आस्था र प्रहरीबिच विमानस्थलमा चेकजाँच गर्ने क्रममा झडप भएपछि आस्थाले फेसबुक लाइभ आउँदै प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको बताउँदै प्रहरीलाई तथानाम गाली गरेकी थिइन् ।

जसका कारण विमानस्थलभित्रको सिसिटीभी फुटेज समेत बाहिर निकाल्नु पर्यो । भिडियो बाहिरिएपछि आस्थाको चेकजाँच गरेकी प्रहरीले आस्थाले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसैको आधारमा आस्थालाई पक्राउ गर्ने अनुमति प्रहरीले पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्