आस्था राउतलाई आज पक्राउ गर्ने तयारीमा प्रहरी



०५ माघ २०७६, काठमाडौँ

गायिका आस्था राउतले विमानस्थलमा चेकजाँच गर्ने क्रममा एक महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै महिला प्रहरीले उजुरी दिएकी छिन् ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो ।

महानरीय प्रहरी परिसर काठमाडौं श्रोतका अनुसार अनुसन्धान अघि बढाउनका लागि गायिका राउतलाई भोलि(आइतवार) नै नियन्त्रणमा लिने तयारी गरिएको छ ।

गायिका राउतलाई आज नै प्रक्राउ गर्ने तयारी भैरहेको छ । हाल सिक्किममा रहेकी आस्था आज नेपाल फर्कदैँ छिन् । उनी नेपाल आएपछि उनलाई पक्राउ गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्