‘आफ्नै लापरवाहीका कारण बलिउडमा प्रवेश गर्न सकिन’ : विराज भट्ट



०४ माघ २०७६, काठमाडौँ

विराज भट्ट नेपाली चलचित्रका मात्र नभएर भोजपुरी चलचित्रका पनि रुचाइएका कलाकार हुन् । केहीबर्ष उनले नेपाली चलचित्रलाई छोडेर भोजपुरी चलचित्रलाई नै समय दिएका थिए । उनले भोजपुरी चलचित्रबाट राम्रो नाम र दाम पनि कमाए । अब भने उनले नेपाली चलचित्रलाई नै निरन्तर लाने बताएका छन् ।

यस्तै विराजले निर्देशन र निर्माण गरेको चलचित्र साङ्लो माघ २३ बाट प्रदर्शनमा आउँदै छ । चलचित्रमा उनीसँगै निकिताको पनि मुख्य भूमिका रहेको छ । यसै चलचित्रको प्रमोशनको समयमा विराजले आफ्नो लापरवाहीको कारणले बलिउडमा प्रवेश गर्न नपाएको बताए ।

विराजको बलिउडमा पनि डेब्यु गर्ने इच्छा भएको बताएका थिए । तर उनले बलिउडमा जानको लागि त्यति वास्ता आफूले नगरेको बताए । उनले आफू बलिउड फिल्मका लागि सम्बन्धित ठाउँमा नगएको र अडिसन समेत नदिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्