आस्थाको समर्थन गर्दै दिपकले लेखे : ‘प्रहरी बहिनीसँग म माफी माग्छु, तिमी पनि माग’



०४ माघ २०७६, काठमाडौँ

केहीदिन अघि एयरपोर्टमा भएको आस्था र प्रहरीबिचको झगडाले ठूलो रुप लिइसकेको छ । अहिले जताततै त्यहि घटनाको मात्र कुरा भैरहेको छ । यस्तै कति कलाकारले आस्थाको सपोर्ट गर्दै फेसबुकमा स्टाटस समेत लेखिरहेका छन् ।

यस्तै कलाकार दिपकराज गिरीले पनि आस्थालाई सम्झाउँदै फेसबुकमा लामो स्टाटस लेखेका छन् । उनले कलाकारलाई सेतो रङको कपडा बताएका छन् । उनले कलाकारले गरेको सानो भन्दा सानो गल्तीले पनि ठूलो रुप लिने भएकाले आफै सजग हुन आवश्यक रहेको बताए ।

उनले प्रहरी बहिनीसँग म माफी माग्छु तिमी पनि माग भनेर आस्थालाई सल्लाह पनि दिएका छन् । दिपकले लेखेको स्टाटसमा धेरैले प्रतिक्रिया दिइरहेका छन् । धेरै दर्शकले दिपकको कुरामा सहमति जनाएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्