दर्शकले किन रुचाएनन् दिपिकाको ‘छपाक’ ?



०४ माघ २०७६, काठमाडौँ

दिपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र छपाक बक्सअफिसमा नराम्रोसँग चिप्लिएको छ । छपाक एउटा रियल घटनामा आधारित चलचित्र हो । एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित छपाक लाई दर्शकले त्यति रुचाएनन् ।

छपाक’ ले भने प्रदर्शनको ८ दिनमा २६ करोड ५० लाखको व्यापार गरेको छ । छपाक’ मा दीपिकाका अलावा विक्रान्त म्यासी, मधुरजीत र अंकित बिष्टको पनि प्रमुख भूमिका छ ।

प्रदर्शन भएको दिनदेखि नै छपाक को कमाइ खराब छ । यो चलचित्र दिपिकाले आफ्नो लागि निकै  विशेष भएको बताएकी थिइन् । तर चलचित्रको कमाइ भने राम्रो हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्