‘शारिरीक सम्बन्ध राख्न व्यक्ति नै चाहिदैँन’ : दिपाश्री निरौला



०४ माघ २०७६, काठमाडौँ

निकै चर्चित र व्यस्त कलाकार तथा निर्देशक दिपाश्री निरौलाले एक अन्तवार्तामा यौन सन्तुष्टि पाउनको लागि व्यक्तिकै जरुरत हुन्छ भन्ने हुदैँन भनेकी छिन् ।

उनलाई यौन आवश्यकता हो वा होइन भनेर प्रश्न गरिएको थियो । जहाँ उनले यौन आवश्यकता भएको तर त्यसको लागि कुनै व्यक्ति नै चाहिन्छ भन्ने चाहिँ हुदैँन भनेकी छिन् ।

उनले भनिन्, विवाह गरेपछि मात्रै शारीरिक सम्बन्ध हुने होइन । नारीले यौनको आवश्यकता धेरै कुराबाट फुलफिल गर्न सक्छे ।’ उनले त्यसको लागि अहिले धेरै साधनहरु उपलब्ध भएको बताएकी छिन् । उनले त्यस साधनहरुबाट अविवाहित नारीले पनि यौन सन्तुष्टि लिन सक्ने बताइन् । उनले आफूपनि सन्तुष्ट भएको बताइन् ।

दिपाले साधनको नाम नै त बताइनन् तर उनले यसो भनेदेखि धेरैले दिपाले सेक्स टोय प्रयोग गर्ने अनुमान लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्