आज चर्चित निर्देशक निश्चल बस्नेतको जन्मदिन, शुभकामना दिनेको ओइरो



०३ माघ २०७६, काठमाडौैँ

निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रका निकै चर्चित निर्देशक, कलाकार र गायक पनि हुन् । पछिल्लो समयमा उनी चलचित्र निर्देशनमा भन्दापनि चलचित्र खेल्नमा बढी व्यस्त छन् । पछिल्लो समयमा उनी अभिनीत चलचित्र घामड शेरे प्रदर्शनमा आएको थियो ।

आज उनै निश्चलको जन्मदिन रहेको छ । निश्चल आज आफ्नो ४० औँ जन्मदिन मनाउँदै छन् । उनले आफ्नो जन्मदिन श्रीमती स्वस्तिमा खड्कासँग केक काटेर रमाइलोसँग मनाएका छन् । निश्चलको जन्मदिन भएकाले उनलाई सामाजिक सञ्जालमा उनका फ्यानले शुभकामना दिइरहेका छन् ।

निश्चलले लुट, लुट २, टलकजंग भर्सेज टुल्के लगायतका चलचित्र निर्देशन गरिसकेका छन् । हाम्रो तर्फबाट पनि निश्चललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्