कोरियामा कार्यरत एक नेपाली युवकद्धारा आत्महत्या



२८ पुष २०७६, काठमाडौं

कोरियामा कार्यरत एक नेपाली युवक झुण्डिएको अवस्थामा फेला परेका छन ।

बिगत साढे दुई बर्षदेखी ईपिएस भिषाबाट बंगुर फार्ममा काम गर्दै आएका पाँचथरका विवेक राई नाम गरेका उनी शनिबार राति फार्म भित्रै डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेको मृतकसँगै एकै कम्पनीमा कार्यरत डम्बर थाम्सुहाङले बताएका छन ।

खाना खाएर सँगै सुतेका राई राती बाहिर निस्कीएको आफुले थाहा नपाएको भन्दै थाम्सुहाङले बताए । घटनाको मुख्य कारण के हो भन्ने बारेमा विस्तृत जानाकारी आउन बाकी नै छ । प्रहरीले अनुसन्धान गरिरहेको जानकारी पाएइको छ । दुताबास श्रोतले घट्नाबारे बुझेर कानुनी प्रकृया लगायत दुताबासले गर्नुपर्ने सबै काम लगत्तै गर्ने आश्वासन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्