सडक डिभिजन कार्यालय प्रमुख तीन लाख घुससहित पक्राउ



१९ पुष २०७६, काठमाडौं

सडक डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद शाह तीन लाख घुससहित पक्राउ परेका छन्।

उनलाई शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो। रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई तीन लाख रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले शाहलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेका हो।

कार्यालय प्रमुख आवास भवनभित्र बैठक कक्षबाट शाहलाई नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ। शाहलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्