सर्वोच्चको आदेशपछि एनसेलले बुझायो साढे ४ अर्ब



१५ पुष २०७६, काठमाडौं

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूंजीगत लाभकर बुझाएको छ।

ठूला करदाता कार्यालयले एनसेललाई १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो।

कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको शेयर स्वामित्व खरिद विक्री बापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको हो।

प्रतिक्रिया दिनुहोस्