ट्रम्पले फेरि चुनाव जिते छोरीले ह्वाइटहाउस् छोड्न सक्ने



१३ पुष २०७६, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी तथा सल्लाहकार इभान्का ट्रम्पले यदी आफ्ना बाबुले फेरि राष्ट्रपतिको चुनाव जिते ह्वाइटहाउस् छाड्ने संकेत गरेकी छिन्।

सन् २०२० मा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले जितेको खण्डमा इभान्काले ह्वाइटहाउस् छाड्ने संकेत दिएकी हुन्। सीबीएस च्यानलसँगको अन्तर्वार्ताको क्रममा इभान्काले अब आफ्ना सन्तान र उनीहरुको खुशीलाई पहिलो प्राथमिकता दिने बताएकी छिन्।

उनका बाबुले फेरि चुनाव जितेको खण्डमा उनको प्रशासन सम्हालिराख्ने कि छाड्ने भनी अन्तर्वार्तामा सोध्दा इभान्काले आफ्ना सन्तानको लागि समय दिने प्रतिक्रिया दिइन्। “मेरो निर्णय सँधै उनीहरुका आवश्यक्ताका लागि पहिलो र प्रमुख हुनेछन्। यसैले मेरो जवाफ उनीहरुले नै निर्धारण गर्नेछन्।” इभान्काले सीबीएसको ‘फेस द नेशन’ मा भनेकी छिन्।

उनले पछिल्लो दुई वर्षमा देशका हरेक राज्य भ्रमण गरेको र यो अवसरको लागि नै भएको उनको भनाई छ। ३८ वर्षीया इभान्काले सामाजिक अभियानको आफ्नो काम सम्पन्न भइनसकेको पनि बताइन्। ‘हामीले धेरै गर्यौं, तर पूर्ण भएको छैन।’ उनले थपिन्।

यस्तै उनले यथार्थमा राजनीति कम महत्वको विषय भएको प्रतिक्रिया दिएकी छिन्। इभान्का र उनका पति जार्ड कुसनर सन् २०१७ देखि नै ट्रम्प प्रशासनका लागि काम गर्दैआएका छन्।

उनीहरुले ट्रम्पको राष्ट्रपतीय अभियानका लागि पनि काम गरेका थिए।-एजेन्सी

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्