सुमो दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो



११ पुष २०७६, काठमाडौं

काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत् मकवानपुरको इन्द्रसरोवर–३ ओखरडाँडामा टाटा सुमो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा अन्य ५ जना घाइते भएका थिए। रौतहटको चन्द्रपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दिउँसो करिब एक बजेको समयमा दुर्घटना हुँदा घटनास्थलमा ३ जनाको मृत्यु भएको थियो भने उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरपले जनाएको छ।
सुमो दुर्घटना : तीनको मृत्यु
मृतकहरुमध्ये हालसम्म २ जनाको पहिचान खुलेको छ। अन्य ३ जनाको भने अझै खुल्न सकेको छैन। मृत्यु हुनेहरुमा रौतहट चपुरका २१ वर्षीय मनिष विक र २० वर्षीय सिर्जना विक रहेका छन्। उनीहरु पति–पत्नी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकहरु तीनैजनाको शव हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको छ।

घाइते सर्लाही बागमती–११ का २२ वर्षीय रञ्जित रिजाल र रौतहट बरथुवा–५ का ५६ वर्षीय जय शाहको काठमाडौंस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। यसैगरी सुमो चालक हेटौंडा–१७, गंगटेका अनिल विक र सुमोमा सवार सर्लाही बागमती–९ का २७ वर्षीय रञ्जित रिजालको काठमाडौंस्थित मेडिसिटीमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्