सुमो दुर्घटना : तीनको मृत्यु



११ पुष २०७६, हेटौँडा

मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र पाँच घाइते भएका छन् ।

चन्द्रनिगापुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ३४३३ नंको सुमो अन्दाजी ३०० मिटर तल खसी आज दुर्घटना भएको थियो । मृतकको सनाखत हुन नसकेको भीमफेदी प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । सुमोमा नौ जना सवार रहेका, ती मध्ये एक सकुशल रहेका र दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्