‘कामना फिल्म अवार्ड’ मा यी नायिका परे ‘नम्बर वान पपुलर च्वाइस अवार्ड’ को नोमिनेशनमा, तपाईको भोट कसलाई ?



२६ मंसिर २०७६, काठमाडौँ

सीजी कामना फिल्मस् अवार्ड को पाचौँ संस्करण यहि पुष १९ गते हुने भएको छ । कामना मासिक पत्रिकाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको यो अवार्ड पुष १९ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने भएको हो ।

यस बर्ष अवार्ड को नियम केही फरक भएको छ । पछिल्ला बर्षहरुमा मनोनयमा परेका कलाकारलाई क्रिटिक्सका आधारमा अवार्ड दिइन्थ्यो भने यसबर्ष प्रतिस्पर्धात्मक २६ विधाबाहेक एसएमएस भोटिङका आधारमा गोदरेज नम्बर वान पपुलर च्वाइस को अवार्ड पनि वितरण गरिने भएको छ ।

गोदरेज नम्बर वान पपुलर च्वाईस अवार्डमा नायिकाहरु वर्षा राउत, सृष्टी श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तीमा खड्का मनोनयनमा परेका छन् । यी पाचैँ नायिकाहरु यसबर्ष निकै नै चर्चामा रहे । तर दर्शकले कसलाई भोट गरेर यो अवार्ड को विजेता बनाउने हुन् त्यो हेर्न भने केही समय पर्खनै पर्छ ।

यस वर्ष अवार्डमा गोदरेज नम्बर वान जोडिएसँगै यो अवार्ड ‘गोदरेज नम्बर वान कामना फिल्म अवार्डस् २०७६’का रुपमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्