‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत रिलिज, यस्तो देखियो पल र पूजाको केमेष्ट्रि (भिडियो सहित)



२६ मंसिर २०७६, काठमाडौँ

यो बर्षको सर्वाधिक प्रतिक्षित चलचित्रमध्येको एक म यस्तो गीत गाउँछु २ पनि हो । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र म यस्तो गीत गाउँछु २ को पहिलो गीत रिलिज भएको छ ।

अर्जुन पोखरेलको शब्द र संगीत रहेको तिम्रो घरको वरिपरी बोलको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको आवाज रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा र पल शाह फिचर्ड छन् ।

म यस्तो गीत गाउँछु लाई दर्शकले सर्वाधिक रुचाएका थिए भने पल र पूजाको जोडीलाई पनि दर्शकले मन पराएका थिए । त्यसैकारण पनि म यस्तो गीत गाउँछु २ ले दर्शकको मन जित्नेमा चलचित्र म यस्तो गीत गाउँछु २ निर्माण टिम निर्धक्क रहेको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्