अन्ततः परिवारको सहमतिमा २०२० मा हुने भयो रणवीर र आलियाको विवाह !



२५ मंसिर २०७६, काठमाडौँ

अन्तत: परिवारको सहमतिमा नायिका आलिया भट्ट र रणवीर कपुरले सन् २०२० मा विवाह गर्ने भएका छन् । लामो समयदेखि रणवीर र आलिया एकअर्काको प्रेममा थिए । रणवीर आलियाको विवाहको कुरा पनि लामो समयदेखि चलिरहेको थियो । तर रणवीर र आलियाको परिवारको कुरा नमिलेकाले यी दुईको विवाह फिक्स भएको थिएन ।

अहिले भने दुवै परिवारले विवाहको मन्जुरी दिइसकेको छ । रणवीर र आलिया आफ्नो परिवारको फैसलाबाट खुसी पनि छन् । आलिया आफ्नो विवाह विदेशमा गर्न चाहन्नन् । उनलाई कश्मिर निकै नै मनपर्छ । त्यसैले आलिया आफ्नो विवाह कश्मिरमा गर्न चाहन्छिन् । रणवीर पनि आलियाको निर्णयबाट खुसी भएको भारतीय मिडियाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्