आज अनुष्का र विराटको दोस्रो वैवाहिक एन्निभर्सरी, सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो



२५ मंसिर २०७६, काठमाडौँ

विराट कोहली र अनुष्का शर्मा बलिउडका निकै नै क्युट कपल हुन् । यी दुईको जोडीलाई मन नपराउने दर्शक कोही पनि छैनन् होला । विराट र अनुष्काले लामो समयको प्रेमपछि सन् २०१७ डिसेम्बर ११ मा इटालीमा विवाह गरेका थिए ।

आज अनुष्का र विराटले विवाह गरेको २ बर्ष पुरा भएको छ । विवाह गरेको २ बर्ष पुगेको खुसियालीमा अनुष्का र विराटले सामाजिक सञ्जामलमा तस्बिर सेयर गर्दै एकअर्कालाई शुभकामना दिएका छन् ।

अनुष्का र विराटबिच अटुट माया देखिन्छ । उनीहरुको झगडा भएको कुरा कहिल्यै सुन्नमा आएको छैन । विराट र अनुष्का एकअर्कासँग निकै नै खुसी रहेको बताउँछन् । आज उनीहरुको एन्निभर्सरी भएकाले सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्