विवाहपछि फेरियो ऋचाको रुप



२४ मंसिर २०७६, काठमाडौँ

नायिका ऋचा शर्माले यहि मंसिर २१ गते आफ्ना प्रेमी दिपेक्षसँग विवाह गरेकी थिइन् । उनको विवाहमा उनका आफन्त र नजिकका सेलिब्रेटी मात्र उपस्थित भएका थिए ।

ऋचाले मिडियालाई समेत निम्तो गरेकी थिइनन् । विवाहपछि ऋचा सामाजिक सञ्जालमा निकै  छाइरहेकी छिन् । उनले आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् । तस्बिरमा ऋचाको सिउँदोमा सिन्दुर देखिएको छ ।

यस्तै ऋचाले विवाहमा धेरै सेलिब्रेटीलाई नबोलाएपनि आउँदो बिहिबार राजधानीमा आफ्ना क्षेत्रका साथीहरुलाई भव्य रिसेप्सन पार्टी दिने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्