स्वयंसेवक सम्मेलन सम्पन्न



१९ मंसिर २०७६, काठमाडौं

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवश–२०१९ का सन्दर्भमा युथ एड्भोकेसी नेपालद्वारा भिएसओ नेपाल, रेष्टलेस डिभेलेलपमेन्ट, उर्जा, एक्सनएड नेपाल र नाफानसँगको सहकार्यमा  “नेपालमा  स्वयंसेवा ः संभावना र चुनौतीहरु” बिषयक सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंङेलले भने, ‘देश विकास र समृद्धिका लागि युवाहरुलाई स्वयंसेवकको रुपमा परिचालन गर्नुपर्छ । राष्ट्रिय युवा परिषदले युवाहरुलाई देश विकासका विभिन्न क्षेत्रमा परिचालन गर्ने रणनीति अख्तियार गरेको छ ।’

रेष्टलेष्ट डिभेलेपमेन्टको देशीय निर्देशक रविन्द्र शाक्यले स्वयंसेवाको माध्यमवाट समाजको रुपान्तरण हुन सक्छ भन्नेमा जोड दिए । उनले अगाडी भने युवा विकास र विनास दुबैमा प्रयोग हुन सक्ने भएकाले राज्यले युवाहरुको सम्बन्धमा विशेष ध्यान दिनु पर्ने वताए ।

युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत सागर सिग्देलले स्वयंसेवकहरुको तथ्याङ्क संकलन गरी रोष्टर वनाउनु पर्नेमा जोड दिए ।

नेपालस्थित संयुक्त राष्ट्रसंघको स्वयंसेवकको विभागका संयोजक मुन गुरुङ्गले स्वयंसेवा समावेसी हुनु पर्नेमा जोड दिईन ।

स्वयंसेवा विना समाज रुपान्तरण हुन नसक्ने भएकाले युवाहरुलाई स्वयंसेवामा संम्लग्न गर्नका लागि राज्यले विशेष नीति, कार्यक्रम तथा योजनाका तर्जुमा गर्नु पर्नेमा युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले वताए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघका महासचिव राम प्रसाद सुवेदी, भिएसओ नेपालका सुरन महर्जन लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका एक सय भन्दा बढी स्वयंसेवकहरको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्