वैवाहिक जीवनमा असफल भएका नेपाली सेलिब्रेटीहरु



२२ मंसिर २०७६, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा यस्ता केही कलाकार छन् जसको वैवाहिक सम्बन्ध लामो समयपछि टुटेको छ । आजभोली कलाकारको लागि डिभोर्स भनेको सामान्य जस्तो नै हुन थालेको छ । त्यसैले दर्शकले पनि यस्ता कुरा सहजै पचाउन थालेका छन् ।

तर केही जोडीहरु पनि छन्, जो दर्शकमाझ निकै प्रिय र चर्चित थिए जो आज एकअर्काबाट अलग छन् । हामी हामी डिभोर्स भैसकेका केही चर्चित जोडीबारे चर्चा गर्नेछौँ ।

मनोज गजुरेल र मिना ढकाल

मनोज गजुरेल नेपालका चर्चित हाँस्य कलाकार हुन् । मनोज र उनकी श्रीमती मिना सामाजिक सञ्जालमा निकै चर्चित थिए । तर एकअर्कासँग कुरा नमिल्न थालेपछि करिब २ बर्ष अगाडी मनोज र मिनाले आफ्नो वैवाहिक सम्बन्धमा पूर्णविराम लगाएका थिए ।

छविराज ओझा र रेखा थापा

छवि र रेखालाई नचिन्ने कोही छैनन् होला । रेखालाई नेपाली चलचित्र उद्योगमा छविले नै ल्याएका हुन् । छविसँग नजिकिदैँ गएपछि रेखा र छविले विवाह गरेका थिए । लामो समयसम्म एकसाथ बसेका छवि र रेखा पनि पछि मनमुटाव हुन थालेपछि एकअर्कासँग अलग्गिन पुगे ।

भुवन केसी र सुस्मिता केसी

भुवन र सुस्मिताले केही चलचित्रमा एकसाथ काम गरेका छन् । यी दुई पनि दर्शकमाझ प्रिय बनेका थिए । भुवन र सुस्मिताका एक छोरा पनि छन् अनमोल केसी, जो अहिलेका सबैभन्दा चर्चित नायक हुन् । तर यी दुईको पनि कुरा मिल्न छोडेपछि एकअर्काबाट टाढिए ।

मनोज राज र अञ्जु पन्त

मनोज र अञ्जु दुवै सांगितीक क्षेत्रका चर्चित हस्तिहरु हुन् । यी दुईको जोडीलाई दर्शकले निकै रुचाउँथे । मनोज र अञ्जुले एकसाथ केही गीत पनि गाएका छन् । तर झगडा हुन थालेपछि यो जोडीले पनि डिभोर्स गरे । यी दुईकी एक छोरी पनि छिन्, जो अहिले आमासँग बस्छिन् ।

प्रियंका कार्की र रोचक मैनाली

नायिका प्रियंका कार्की अहिले आयुष्मान देशराज जोशीसँग प्रेममा रमाइरहेकी छिन् । तर त्यो भन्दा पहिले नै उनको रोचक मैनालीसँग विवाह र डिभोर्स समेत भैसकेको छ । प्रियंका र रोचकबिच निकै माया थियो तर एकअर्काको विचार मिल्न छाडेपछि यी दुईले पनि आ–आफ्नो बाटो रोजे ।

प्रतिक्रिया दिनुहोस्