महिलाको निकै इज्जत गर्छन् बलिउड अभिनेता सलमान खान



२२ मंसिर २०७६, काठमाडौँ

बलिउडका किङ्ग सलमान खानको तारिफ सबैले गर्ने गरेका छन् । उनी चलचित्रका आधारमा मात्र चर्चामा आउँदैनन् । सलमान रियल लाइफमा गरेका कामका कारण पनि चर्चामा आउने गर्छन् ।

सलमानको तारिफ गरेर कोहीपनि कलाकार थाक्दैनन् । धेरै नायिकाहरुले उनी दिलको एकदमै राम्रो भएको बताएका छन् । नायिकाहरु मात्र नभएर सलमानसँग जो नजिक छन्, उनलाई मन नपराउने सायद कोही छैनन् होला ।

यस्तै दबंग ३, जय होस्, प्रेम रतन धन पायो लगायतका चलचित्रमा सलमानसँग काम गरिसकेकी कोरियोग्राफर सविना खानले पनि सलमानको निकै तारिफ गरेकी छिन् । उनले सलमान निकै नै राम्रो व्यक्ति भएको बताइन् ।

सविनाले सलमानले महिलाको निकै नै इज्जत गर्ने गरेको बताइन् । उनले सलमानसँग काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको पनि बताइन् । साथै उनले सलमान आफ्नो कामप्रति पनि धेरै नै इमान्दार भएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्