‘सेक्सी हुन अपराध हो भने मलाई पक्राउ गर’ : ज्योति मगर



२२ मंसिर २०७६, काठमाडौँ

लोकदोहोरी गायिका ज्योति मगर बेला बेलामा अनेक हर्कत गरेका कारण चर्चामा आउने गर्छिन् । त्यसबाहेक धेरै पटक पहिरनका कारण उनी विवादमा समेत आउने गरेकी छिन् ।

ज्योति ती सेलिब्रेटीमा पर्छिन् जसले आफ्नो मनमा लागेका कुरा निर्धक्क भएर सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्छन्, चाहे त्यो कुरा राम्रो होस् वा नराम्रो । ज्योतिले केहीदिन अघिमात्र सामाजिक सञ्जालमा एक बोल्ड तस्बिर सेयर गरेकी थिइन् ।

अहिले उनको उक्त तस्बिर निकै भाइरल भैरहेको छ । तस्बिर भन्दापनि उनले लेखेको क्याप्सनले चर्चा पाएको छ । ज्योतिले उक्त तस्बिरमा यदि सेक्सी हुनु अपराध भए मलाई पक्राउ गर भन्दै क्याप्सन लेखेकी छिन् । जुन क्याप्सनले अहिले तहल्का मच्चाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्