‘पोई पर्यो काले’ पछि ‘सँगसँगै’ मा एकसाथ देखिदैँ सौगात र सृष्टि



२१ मंसिर २०७६, काठमाडौँ

सौगात मल्ल र सृष्टि श्रेष्ठ पछिल्लो समयमा निकै नै लोकप्रिय बन्दै गएका जोडी हुन् । रियल लाइफ कपल सौगात र सृष्टि आजभोली चलचित्रमा पनि निकै देखिन थालेका छन् । केहीसमय अघिमात्र सौगात र सृष्टिको मुख्य भूमिका रहेको चलचित्र पोई पर्यो काले प्रदर्शनमा आएको थियो ।

हालैमात्र सौगात र सृष्टि नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । सौगात र सृष्टि चलचित्र सँगसँगै मा एकसाथ देखिने भएका छन् । चलचित्रमा सौगात र सृष्टिका साथ मुकुन भुषाल र आश्मा गिरीको पनि मुख्य भूमिका रहनेछ । चलचित्रमा सौगात र मुकुनको मित्रताको कथालाई देखाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्