‘प्रेमगीत ३’ का साना प्रेम र गीत



२० मंसिर २०७६, काठमाडौँ

चैत्र २८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र प्रेमगीत ३ यो बर्षको सबैभन्दा प्रतिक्षित चलचित्र हो । यसअघि नै प्रेमगीत का २ सिरिजलाई दर्शकले निकै रुचाइसकेका छन् । त्यसैकारण पनि दर्शकका लागि प्रेमगीत ३ विशेष छ ।

प्रेमगीत ३ मा अभिनेता प्रदिप खड्काले तेस्रो पटक प्रेमको भूमिका निभाइरहेका छन् भने गीतको भूमिका नव नायिका कृष्टिना गुरुले निभाइरहेकी छिन् । यस्तै चलचित्रमा सानो प्रेमको भूमिकामा अनुभव रेग्मी र सानी गीतको भूमिकामा योगिशा खत्री छन् ।

भर्खरै मात्र निर्माण टिमले अनुभव र योगीशाको क्यारेक्टर पोष्टर रिलिज गरेको छ । जहाँ अनुभव र योगीशालाई भिन्न अवतारमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्